गण्डकी प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ। बहुवर्षीय योजनाका साथै स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई समेत निरन्तरता नदिइएको भन्दै नेकपा एमालेका प्रदेशसभा सदस्यले उठेर बैठक अवरुद्ध गरेका हुन्। बैठक अवरुद्ध भएसँगै सभामुख नेत्रनाथ अधिकारीले नेकपा एमालेका रामशरण बस्नेतलाई बोल्न दिएका थिए। सदस्य बस्नेतले बजेटको न्यायोचित वितरण नगरिएको आरोप लगाउँदै मन्त्रालयमा…