आज पूर्वराजा ज्ञानेन्द्र शाहको आज जन्मदिन हो। उनी ७५ औं वर्षमा प्रवेश गरेका छन्। यसपटक शाहले आफ्नो जन्मदिनमा कुनै पनि औपचारिक कार्यक्रम भने गरेका छैनन्। कोरोनाका कारण गत वर्ष पनि उनले जन्मदिनमा कुनै कार्यक्रम गरेका थिएनन्। मुलुकमा लोकतन्त्र आउनुअघि राजाको जन्मदिवसका दिन सार्वजनिक बिदा हुने गरेको थियो। २०६२/६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले…