फूटको संघारमा पुगेको नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल निष्क्रिय भएको डेढ महिनापछि पुनः ब्यूँतिएको छ। २ जेठमा गठित कार्यदलको बैठक ६ जेठपछि बस्न सकेको थिएन। कार्यदलका माधव पक्षका संयोजक भीम रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो। तथापि कार्यदलमा रहेका दोस्रो तहका नेताहरुबीच अनौपचारिक संवाद भने कायमै रहेको…