नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । बैठकमा वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ। विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रबिन्दुलाई बताए। नेकपा अलग भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ०७८ मङ्सिर २ देखि…