शेरबहादुर देउवासहित १४६ जना सांसद निवेदक रहेको प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइको क्रममा बहस गरेका निवेदकतर्फका चार वकिलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदममा राष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक बनेको बताएका छन्। बहुमत नरहेको स्वीकारेपछि ओलीलाई राष्ट्रपतिले रोक्नुपर्ने र प्रधानमन्त्री पदमा दावी पुगे÷नपुगेको परीक्षण राष्ट्रपतिले गर्न नमिल्ने पनि तर्क गरे। राष्ट्रपतिले राजनीतिक आधारलाई नभई संविधानलाई हेरेर निर्णय गर्नुपर्नेमा…