शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै १४६ जना सांसदले दायर गरेको रिटमाथिको बहस सुरु भएको छ। निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस सुरु गरेका छन्। आज अन्य वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, दिनमणि पोखरेल, सुनिल पोखरेललगायत कानून व्यवसायीले बहस गर्दै छन्। उनीहरू प्रत्येकले एक घण्टा समय लिनेछन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको…