नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनु पर्ने बताएका छन्। सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी यतिखेर नेपालीको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनु पर्ने बताएका हुन् । राजनीतिपछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन…