सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संशोधन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार अर्को रिट दर्ता भएको छ। अधिवक्ता तथा पत्रकार विष्णुकुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्। सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि जेठ २१ गते संबैधानिक इजलासका लागि पेशी तोकेको छ । संसदको…