सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसँग सम्बन्धित सबै रिटहरूको सुनुवाइ संवैधानिक इजलासमा हुँदैछ। इजलासमा ३० वटा रिट छन्। सुनुवाइ अघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा शुक्रबार बिहान इजलास गठन हुने भएको छ। इजलासमा वरिष्ठ न्यायाधीशहरू रहने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले केन्द्रविन्दुलाई बताए। प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश इजलासमा रहने गर्दछन्। यसअघि प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते…