नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधाधनमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले सनक र अंहकारले प्रतिनिधिसभा विघटन गराएको आरोप लगाएका छन् । उनले जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा जनताको जीवनरक्षा रहनु पर्नेमा प्रधानमन्त्रीको अविवेकी शैलीलाई देश र जनताले क्षमा दिन नसक्ने बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार भएको…