उपचार नपाएर कोरोनाका कारण नागरिकले ज्यान गुमाइरहँदा काम चलाउ सरकारको नेतृत्व गरेको एमाले र अन्य दलहरू सत्ताको लुछाचुँडीमा व्यस्त छन्। विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाले सरकार गठन गर्न नसकून भनेर एमाले प्रयास गरिरहेको छ। बाहेकका दलहरू भने एमालेको माधवकुमार नेपाल र झलनाथ खनालपक्षीय सांसदहरूलाई राजीनामा दिन उक्साउँदै एमालेलाई फुटको…