सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताएका छन् । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तरसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवासम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताएका हुन् । आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने…