काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताएका छन् । विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गरे । उनले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र विभाजित हुँदै गएको आरोप लगाए ।…