जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन् । जमिअत उलमाए नेपालद्वारा साेमबार जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तरक्रिया र उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । अध्यक्ष…