काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने…