काठमाडौँ ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै कुपात्रको संज्ञा दिएकी छिन् । प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार नेकपा प्रचण्ड–नेपाल समूहले माइतीघर मण्डलामा आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले प्रजातान्त्रिक व्यवस्थालाई नै खलल पार्ने काम गरेको आरोप लगाएकी हुन् ।उनले भनिन्, “प्रधानमन्त्रीबाटै दशौं हजार शहीदको बलिदानको…