काठमाडौं ।नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको टिप्पणी गरेका छन् ।बिहीबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृति देखाएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने तर अरु सबैले मान्नु पर्ने सोचाई राखेको भन्दै सांसद रायमाझीले हिटलरको संज्ञा दिएका…