काठमाडौं ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटन सम्बन्धी मन्त्रिपरिषदबाट पुस ५ गते भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले प्रतिनिधिसभा विघटनको मुद्दामा छिटो सुनुवाई अघि बढाउन अग्राधिकार…