काठमाडौं ।सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ओली पक्षधरका नेता प्रदीप ज्ञवालीलाई नेकपाको प्रवक्ता तोकिएको छ ।पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकाले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकिएको ओली पक्षधर बैठकले निर्णय गरेको छ ।बैठकले महासचिव बिष्णु पौडेलले पेश गरेको विधान…