काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताएका छन् ।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष राणाले राजनीतिक दाउपेचका कारण संविधान विपरितका कामहरु भएको बताए। उनले राष्ट्रपतिको निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए। अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम अगाडि बढाएर जनताले दिएको बहुमतको धज्जी…