काठमाडौं ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्कलह अझै जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नबस्ने अडान लिएपछि विवाद थप चुलिएको हो ।मंगलबारको सचिवालय बैठकमा निकै चर्काचर्की परेपछि बुधबार दिउँसोका लागि सचिवालय बैठक बोलाइएको थियो । तर ओलीले…