काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्को रुपमा बढ्दै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट समाधानको पहल सुरु भएको छ ।बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेर छलफल गरेका छन् । पार्टी एकता नै संकटमा परेपछि अध्यक्षद्वय एकै दिन राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्…