काठमाडौं । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चौधौं महाधिवेशनको कार्यतालिकाको विषयमा शीर्ष नेतृत्वबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हिजो विहीबारको केन्द्रीय समिति बैठक औपचारिक रूपमै बहिस्कार गरेपछि दुई पक्षबीचको तिक्तता अझ बढेको छ ।महाधिवेशनको कार्यतालिकालाई बैठकको प्रमुख एजेण्डा नबनाएसम्म बैठकमा सहभागी नहुने पौडेल पक्षको अडान र अन्तरिम संरचना समायोजनको…