काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले मन्त्रीहरुको हेरफेरबारे पार्टीभित्र छलफल भए पनि तत्काल हेरफर नहुने बताउनु भएको छ ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भए पनि कहिले पुनर्गठन गर्ने वा नगर्ने भन्ने निष्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकाले अहिले नै केही भन्न सकिने अवस्था छैन…