सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा मागेका छन् ।मन्त्री महासेठले मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै सांसद थापाले मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका हुन् । योजना माग्दा मन्त्रीले हप्काएको भन्दै सांसद थापाले भने, ‘हामीले मन्त्रीलाई हेर्नै नहुने भयो।…