काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार सानेपामा सम्पन्न भएको छ। बैठकले पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै कार्यक्रम टुंग्याएको छ। घुँडासम्बन्धी समस्याबाट लामो समयदेखि उपचाररत ८४ वर्षीय दाहालको गएराति वीर अस्पतालमा हृदयाघातका कारण निधन भएको थियो। उनी ओखलढुङ्गाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका थिए। दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादक…