केन्द्रबिन्दु संवाददाता । २ साउन, काठमाडौं ।नवनियुक्त प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधिश पराजुलीलाई सोमबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ गराउनु भएको हो । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरु, सर्र्वाेच्च अदालतका…