काठमाडौँ । श्रम संस्कृति पार्टी दर्ता भएको १ महिना पनि नपुग्दै पार्टी भित्र हलचल मच्चिएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीभित्रै हलचल ल्याउने कडा निर्णय लिएका छन्। पार्टीका उपाध्यक्ष देवराज लामालाई बम विस्फोटसम्बन्धी पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेपछि साम्पाङले उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेका हुन्।…