लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध तथा मासु उत्पादन बढाउने योजना अघि बढाएको छ। यसका लागि विज्ञहरूसँग छलफलसमेत गरिएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा प्राविधिक कार्यशाला आयोजना गरिएको थियो। कार्यशालामा कृषि तथा वन विज्ञान अध्ययन संस्थान चितवनका प्रा. डा. भूमिनन्दन देवकोटाले सन् २०२४ को तथ्याङ्कअनुसार नेपालमा करिब ३३ लाख भैँसी…