काठमाण्डौ । जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइदिए पछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ । जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए ।आगजनीमा कार्यालयका सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भएपछि प्रदेश लेखा नियन्त्रण कार्यालयका आर्थिक सम्बन्धि सम्पूर्ण गतिविधिहरू अनिश्चितकालका लागि प्रभावित बनेका छन्…