जनकपुर । मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले पुस ९ गतेबाट उक्त बीमा कार्यक्रम लागू भएको जानकारी दिएका हुन् । मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी…