कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डले सीपमूलक शिक्षा दिन सक्यौँ भने मात्र शिक्षित युवालाई स्वदेशमा रोक्न सकिने धारणा राखे । विश्वविद्यालयले गर्ने अनुसन्धानको विषय नयाँ–नयाँ हुनुपर्ने भन्दै उनले विश्वविद्यालयले दिने शिक्षा गुणस्तरीय…