काठमाडौं। सर्वोच्च अदालतबाट ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। केन्द्रीय प्रहरी प्रबक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार, नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष ६९ वर्षीय श्रेष्ठलाई आज काठमाडौँको नागार्जुन नगरपालिका–५, सीतापाइला क्षेत्रबाट पक्राउ गरिएको हो। प्रवक्ता काफ्लेले बताए अनुसार,…