सिरहाको गोलबजरमा नाला (ढल)मा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका ( ६ मा महिना पुगिसकेको जस्तो देखिने शालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो । स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल…