अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले शुक्रबार साँझ एक नाबालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ। अपहरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अपहरणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई शुक्रबार साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले मुक्त गराएको हो। बालिकाको अपहरणमा संलग्न रहेको…