सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ। सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो। फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर…