बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ। नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन्। ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ। आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत…