कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटेको छ। आज बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। आज राति १२ बजेदेखि लागू हुने गरि जोर–बिजोर प्रणाली हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ। कोरोना…