सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी प्रदेशभर एक सय १३ जना घाइते भएका थिए। सबैभन्दा बढी ४९…