जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ । सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर गरे पनि बिना लाइसेन्स एसिड बेच्ने बिक्रेता नागेन्द्र साहलाई सफाइ दिने फैसला सुनाएको छ…