वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएका सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएकी छन् । विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आएकी उनी सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन् । “वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैँ दुःख पाउँथेँ,” उनले भनिन्, “अब छाप्रो जलेर खुला आकासमुनि बस्नुपर्ने बाध्यता पनि टर्ने भो ।” दिनभरि…