सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन्। नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेको स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन्। वर्षा याममा भवनभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक…