काठमाडौं उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा असार १ गतेदेखि असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यसपटकको निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ। अत्यावश्यक बाहेकका सार्वजनिक तथा नीजि सवारी साधनलाई भने असार ७ गतेसम्मै सञ्चालनमा रोक लगाइएको छ। यद्यपी…