सार्वजनिक स्थलमा एक महिलामाथि अश्लिल गालीगलौज र दुर्व्यवहार गरेको घटनामा संलग्न नेपाल टेलिकमका एक कर्मचारी पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनी टेलिकमकाे विराटनगर कार्यालयमा कार्यरत सहायक अधिकृत रहेको प्रहरीले जनाएको छ ।महिलामाथि दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि कटुवाललाई घरैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।…