काठमाडौं । एक महिलाले एकैपटक चार शिशुलाई जन्म दिएकी छन् । २७ वर्षीया खगित्रा शाहीले बुधबार काठमाण्डू मेडिकल कलेज (केएमसी) मा चारजना शिशुहरूलाई जन्म दिएकी हुन् ।आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत जन्माइएका ती शिशुहरुमा तीनजना छोरा र एक जना छोरी छन् । तीनजना शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको तर एक जनाको अवस्था भने अस्थिर रहेको केएमसीले…