दमौली। डिभिजन वन कार्यालय तनहुँले वन डढेलो नियन्त्रणका लागि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। वन क्षति न्यूनीकरण र समुदायलाई जिम्मेवार बनाउने लक्ष्यसहित स्थानीय तहसम्म पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख मनोज रानाभाटले बताए। जिल्लामा ६२५ सामुदायिक वन छन्। बाँदरलगायत वन्यजन्तुले बालीमा क्षति पुर्याएको भन्दै केही स्थानमा जानाजानी डढेलो लगाउने प्रवृत्ति…