रौतहट। चन्द्रपुर नगरपालिका–स्थित चाँदीखोलामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध सशस्त्र प्रहरीले कारबाही गर्दै ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बिहीबार बिहान विशेष सूचनाका आधारमा खोलामा पुगेको सशस्त्र प्रहरी टोलीले बालुवा बोक्दै गरेका ट्याक्टरहरू नियन्त्रणमा लिएर चन्द्रपुर नगरपालिकालाई बुझाएको हो । सशस्त्र प्रहरीका अनुसार लामो समयदेखि चाँदीखोलामा अवैध उत्खनन भइरहेको गुनासो आएपछि अभियानकै रूपमा निगरानी…