काठमाडौँ । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बिहीबार कार्यालय समयमा छड्के अनुगमन गर्दा २५ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएका छन् । अध्यक्ष यादवका अनुसार अनुगमनका क्रममा ६० जना कर्मचारीमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डलसहित २५ जना कर्मचारी त्यो बेलासम्म गैरहाजिर रहेको पाइएको थियो । अनुपस्थित कर्मचारीहरूको हाजिरीमा रातो कलम लगाएका छन् ।…