आईसीसी विश्वकप क्रिकेट 'लिग-२' मा नेपालले पाँचौ जित निकालेको छ । आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा बुधबार पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । नेपालले ९ खेलबाट १० अंक जोडेको छ । पीएनजी भने १४ खेलमा अंकविहीन छ । यूएईको सारजहामा पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२…