श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेटसामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाएर २३२ रनको योगफल तयार गर्याे । श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले…